मेरी एउटी महिला साथी छिन् । उनलाई श्रीमान्बाट कहिल्यै सन्तुष्टि हुँदैन रे । समागम गरेको १ मिनेटमै उनका श्रीमान्को वीर्य झर्छ रे । उनलाई कहिल्लै यौनसन्तुष्टि भएन रे । मसँग सम्पर्क गरेपछि उनको चित्त बुझ्यो रे । उनी लामो समयसम्म यौनसम्पर्क गर्न रुचाउँछिन् । उनमा के त्यस्तो छ छोटो समयमा चित्त नबुझ्ने ? किन लामो समय चाहिने ? उनमा यौन हार्मोन हाम्रोभन्दा बढी भएर हो कि ? श्रीमान्ले चित्त बुझाउन नसकेर उनी हतास छिन् र आफ्नो मन शान्त पार्न बाहिरै तिर्खा मेटाउँछिन् । यो रोग हो की उनी बढी कामुक भएकी हुन् ?

१२११८

श्रीमान् र श्रीमतीको यौनजीवन
श्रीमान् र श्रीमतीको यौनसम्बन्ध सुमधुर नहुने अनेक कारण हुन सक्छन् । दम्पती वा जोडीमध्ये एकलाई बढी यौनेच्छा हुनु र अर्कोलाई कम हुनुलाई अनमेल वा असमान यौनेच्छा (Mismatched libido ) भनिन्छ, जसले वैवाहिक तथा यौनजीवनमा अनेकन् असजिलो सिर्जना गर्छ । धेरैजसो स्थितिमा यसरी यौनेच्छा अनमेल हुनुको दोष आफ्नो यौनसाथी वा श्रीमान् वा श्रीमतीलाई नै दिइएको पाइन्छ । दाम्पत्य जीवनभित्र यौनसम्पर्क राख्न तुलनात्मक रूपमा सहज हुने भए पनि अन्य कतिपय कुराले यसलाई गम्भीर रूपमा असर पारिरहेको हुनसक्छ । यौनसन्तुष्टि प्राप्त गर्न नसक्नु त्यसमध्येकै एउटा प्रमुख कारण हो । यहाँ तपाईंकी केटी साथीकी श्रीमान् शीघ्र स्खलनको समस्याबाट ग्रसित हुनुभएको देखिन्छ ।

के पुरुष र महिलामा यौनसुख पाउने तरिका फरक हुन्छ ?
मानव यौन प्रतिक्रिया चक्रका चरणहरू १. उत्तेजनाको चरण (Excitement Phase, एक्साइटमेन्ट फेज), २. Plateau Phase (प्लाटो फेज) ३. चरमसुख (Orgasm Phase, अर्गाज्म फेज) र ४. Resolution Phase (रिजोलुसन फेज) हुन् । प्लाटो फेजमा भएको यौन Stimulation निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्त्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्येको सम्भवत: सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्दजस्ता कैयौं शब्द यसका लागि प्रयोग हुन्छन् ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि केही कुरा भने फरक पाइन्छ । कतिपय महिलाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ । शिघ्रस्खलन भएर यौन सम्पर्क राम्रोसँग नहुँदा महिलालाई चरमसुख प्राप्त गर्न गाह्रै हुन्छ । यदी चरमसुखको चरण पछि पनि यौन Stimulation (स्टिमुलेसन) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने त्यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Period हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित हुन सक्दैनन् । अर्को कुरा, महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगांकुर’ बाहिरतिरै हुन्छ । यसलाई हात वा औंलाले चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । त्यसका लागि योनि स्तन तथा अन्य यौन संवेदनशील अंगको मर्दन, घर्षण, अनि चलाउनेजस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य नयाँ प्रयोगसमेत गर्न सकिन्छ ।

समय कति हुनुपर्छ
यौनसम्पर्कको समय नाप्न यौन क्रियाकलाप जस्तै कि चुम्बन गरेदेखि वा यौनाङ्गको स्पर्श सुरु गरे देखि लिनु भन्ने कुरामा केही विविधता वा मतभेद होला, तर लिङ्ग योनिमा प्रवेश गराएपछिको समयलाई यौन सम्पर्कको सुरुवातका रूपमा लिई जवाफ दिइन लागेको छु । पुरुषले योनिमा लिङ्ग प्रवेश गराएदेखि वीर्यस्खलन सम्मको समयलाई अंग्रेजीमा Intravaginal Ejaculation Latency Time भनिन्छ । यो समय व्यक्ति(व्यक्ति अनुसार फरक पर्छ र एक व्यक्तिको पनि फरक समयमा फरक हुन सक्छ । सामान्यत: यो उमेर बढ्दै जाँदा केही घटेको देखिन्छ । एक अध्ययनले सालाखाला यसको समय ५ दशमलव ४ मिनेट भएको देखाएको छ । सन् २००८ सालमा गरिएको एक अर्को अध्ययनले विपरित लिङ्गी यौन सम्पर्कमा ७ मिनेट देखाएको छ ।

समस्या के हो ?
व्यक्ति(व्यक्तिबीचको सम्बन्ध त्यसमा पनि यौनसम्बन्ध एकदमै विशिष्ट हुन्छ । एक व्यक्तिसँग आनन्दमयक लाग्ने यौनसम्बन्ध अर्को व्यक्तिसँग नलाग्न सक्छ । यौनेच्छा कसैमा बढी होला कसैमा कम । यौनेच्छा हार्मोनले निर्देशित गर्छ । यौनेच्छा केही बढी भए पनि असामान्य स्तरमा होला जस्तो पनि लाग्दैन जसले गर्दा सामाजिक मूल्य मान्यतालाई नै बेवास्ता गर्नु परोस् ।

यहाँ तपाईंले आफ्नी यौनसाथीले उहाँको श्रीमान्सँग यौनसुख प्राप्त गर्न नसकेको कुरालाई प्रमुख मुद्दा बनाउँदै र तपार्इं उहाँको यौन सम्बन्धलाई एक किसिमले जायज सावित गर्न खोज्नुभएजस्तो देखिन्छ । वास्तवमा समस्या यहीँनिर छ । यो तपाईंहरूबीचको विवाहेत्तर सम्बन्ध भएकाले तपाईंले सजिलै यसलाई अघि बढाउन सजिलो छैन । श्रीमान् र श्रीमतीबीचको कुनै समस्या त्यसमा पनि यौन समस्याको सन्दर्भमा त्यसको समाधानको ठेक्का तपाईंले लिनुभएजस्तो गरी लिनुपर्ने कुराको तार्किक आधार देखिँदैन । तपाईंसँग उहाँले यौन सुख पाएको आधारमा नै हाम्रो सामाजिक अनि कानुनी दृष्टिले त्यसलाई जायज मान्न सकिने स्थिति छैन । यस्ता विवाहेत्तर सम्बन्धको असर तपाईंको केटीसाथी र तपाईंका साथै दुवै परिवारमा पर्छ भन्ने कुरा त सम्झाई रहनु नपर्ला ।

समाधान के हुन सक्ला ?
यदि तपाईं आफ्नो केटीसाथीको घरपरिवार नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने उहाँसँगको यौनसम्बन्धलाई लम्ब्याउनुभन्दा श्रीमान्सँगै उहाँको पारिवारिक तथा यौनसम्बन्ध बलियो बनाउन प्रेरित गर्नुपर्छ । उहाँको श्रीमान्लाई शीघ्र स्खलनको समस्या समाधान अनि महिलाले योनि(लिङ्ग मैथुनबाहेक यौन सुख प्राप्त गर्ने अन्य उपाय अभ्यास गरेर श्रीमान्(श्रीमती बीचमै यौनसुख प्राप्त गर्न
प्रेरित गर्नुपर्छ ।

उहाँ र तपाईंले अर्कै किसिमले सम्बन्ध प्रगाढ बनाउन चाहनुभएको भएको हो भने कुरा अर्कै हो । त्यसका असजिला र असरहरूका सम्बन्धमा पनि ध्यान पुर्‍याउनु हुन्छ होला नै ।